Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन प्रलोभनदेखि सावधान रहन प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।

एक सूचना जारी गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक, भाइबर, इमो जस्ता माध्यमबाट आउने प्रलोभनबाट सर्तक रहन अनुरोध गरेको हो ।

अपराध अनुसन्धान कार्यालयले फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने बाहानामा ठगी गर्ने कार्य बढीरहेको जानकारी गराउँदै यस्ता झुटा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यमा सावधान रहन आग्रह गरेको छ ।

यस्ता प्रकृतिको अपराधबाट बच्नका लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पीन कोड जस्ता सेक्युरिटी कोड कसैलाई पनि नदिन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077