Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युवा संघको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर निर्वाचित

कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर निर्वाचित भएका छन् ।

बिहीबार डोटीमा सम्पन्न संघको प्रदेश अधिवेशनले अध्यक्षमा कुँवरलाई निर्वाचित गरेको हो ।

यस्तै अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् ।

संघको प्रदेश अधिवेशन बुधबारदेखि डोटीमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077