Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं  गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने बाटो खुलेको छ।

सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै अब नागरिकता लिन चाहने गैरआवासीयनेपालीले पाउने भएका हुन्।

त्यसका लागि तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमागैरआवासीय नेपाली नागगरिकताको प्रमाणपत्र लिने हो सो प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदनदिनुपर्ने छ।

आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतवासा वा महावाणिज्य दूतावासमा पनि दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077