Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने बोगटी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी जिल्लाको शिखर नगरपालिका-२ घर भई हाल काठमाडौंको सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन्।

उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने बहानामा ३ लाख रुपैयाँ लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनलाई बिहीबार सेतोपुलबाट नियन्त्रणमा लिएको हो।

थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077