Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • मलेसिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने बोगटी पक्राउ

    मलेसिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने बोगटी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा डोटी जिल्लाको शिखर नगरपालिका-२ घर भई हाल काठमाडौंको सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन्।



    उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने बहानामा ३ लाख रुपैयाँ लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनलाई बिहीबार सेतोपुलबाट नियन्त्रणमा लिएको हो।

    थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार