Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानको नेतृत्व चयन आज, को–को छन् अध्यक्ष र सचिव पदका उम्मेदवार ?

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुने भएको छ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको छ । क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधिमात्र निर्वाचनमा सहभागी हुन पाउँछन् ।

तर, झापाबाट दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले झापाको मताधिकार नै खारेज गरिएको हो । जित्नका लागि न्यूनतम ४४ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077