Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

सचिव, प्रदेश सदस्य र खुला सदस्यका लागि मतदान सुरु भएको हो । सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्त विक्रम मल्ल आमने सामने छन् ।

उता ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, ५ वटा खुला सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । अ

ध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।

तर सचिव पदमा पूर्वकप्तान खड्का र कार्यबाहक सचिव मल्लबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077