Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेलम्चीको पानी वितरण अझै अनिश्चित

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ। मेलम्चीखाने पानी आयोजनाको हेडवर्क्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।

बाढीपहिरोले आयो जनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवर्क्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन ।

ड्रोन’को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठूलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको आयोजनाले जनाएको छ।

बाढीपहिरोले मुहान र सुरुङमा क्षति पुर्‍याउन सक्ने भन्दै गत असार ७ गते देखि पानी पथान्तरण रोकिएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077