Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरण : जाँचबुझ आयोग बनाउन आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सुन प्रकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । यसअघि सहमति भएको विषयमा छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक अहिले ९ बजे बोलाइएको हो ।

यसअघि ६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसेको थियो । बैठकले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति गरे पनि हालसम्म सरकारले त्यस्तो आयोग बनाएको छैन ।

असोज ५ भित्रमा जाँचबुझ आयोग बनाउने सहमतिपछि एमालेले जारी राखेको संसदको अवरोध हटाएको थियो ।

आयोगको कार्यादेशबारे सहमति नभएपछि आयोग बन्न सकेको छैन । आयोगको कार्यादेशमा छलफल गर्न आज राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई मात्र बोलाइएको हो ।

बैठकमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई भने बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077