Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगको क्षेत्राधिकारबारे गठबन्धन र एमालेबीच विवाद

काठमाडौं । सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि क्षेत्राधिकारका विषयमा भने मतभेद हुँदा गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न नसकेको हो।

आइतबार आयोग गठन गर्ने र क्षेत्राधिकार के हुने भन्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ ।

गृह मन्त्रालयमा आइतबार भएको छलफलमा सत्तारुढ दलका नेताहरुले आयोगलाई तीन वटा कार्यदेश दिने प्रस्ताव गरेको छ । तस्करी भएको सुनबारे सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्ने र त्यसमा थप अनुसन्धान गर्नुपर्ने भए सरकारलाई सिफारिस गर्ने कार्यादेश दिने सत्तारुढ दलहरुको प्रस्ताव छ ।

एमालेले भने सीआईबीले गरेको अनुस्न्धानलाई शुन्य मानेर फेरि अनुसन्धान गर्नुपर्ने प्रस्ताव राखेको छ । एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसपछि आइतबारै साँझ ५ बजे फेरि बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077