Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक : सरकारमा बस्नुको औचित्यमाथि प्रश्नैप्रश्न

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।

कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय समितिको आइतबार बसेको बैठकमा ३२ जना सदस्यले बोलेका छन।

बैठकमा प्रदीप पौडेल, कर्णबहादुर बुढा, रामजनम चौधरी, रंगमती शाही, हरिशरण नेपाली, राजीव ढुंगानालगायतले पार्टी नेतृत्वले सरकारलाई महत्त्व दिँदा कांग्रेसले जनताको विश्वास गुमाउँदै गएको धारणा राखे। उनीहरूले पार्टी नेतृत्वलाई सरकार ठुलो कि जनताको विश्वास भन्ने प्रश्न पनि गरे।

पौडेलले नेपाली कांग्रेसबाट सरकारमा मन्त्री बनेकाले पनि जनताको विश्वासअनुसार काम गर्न नसकेको गुनासो गरे। ‘सरकारले एउटा पनि राम्रो काम गरेको छैन। हामी जनतामाझ जाँदा सरकारले राम्रो काम गरेको छ भनेर कसरी भन्नेरु’ उनले भने। सरकारले जनताको विश्वास जित्न नसकेको उनको भनाइ थियो।

अर्का केन्द्रीय सदस्य ढुंगानाले सरकारमा सहभागी भएको कांग्रेसले जसभन्दा अपजस भोगिरहेको टिप्पणी गरे। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077