Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • महासमिति बैठक तयारी गर्न कांग्रेसले बनायो चार समिति

    महासमिति बैठक तयारी गर्न कांग्रेसले बनायो चार समिति

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ ।

    सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको हो ।



    साथै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ । आवश्यकताअनुसार सभापतिले अन्य समिति पनि गठन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार