Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका ९ बुँदे निर्णय [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ ।

सोमबार सकिएको केन्द्रीय समितिको बैठकले महासमिति बैठकलाई भव्य बनाउन तीन वटा समिति गठन गर्नेसहित ९ बुँदे निर्णय गरेको हो ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्व प्रस्ताव तयारी समिति र महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा संगठन प्रतिवेदन तयारी समिति, महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसमायिक राजनीतिक तयारी समिति गठन गर्ने निर्णय भएको हो। बैठकका सम्बन्धमा आवश्यक समिति थपिँदै जाने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

त्यस्तै कांग्रेसले हालै सम्पन्न गरेको बीपी साहित्य महोत्सवलगायत कार्यक्रमबारे समीक्षात्मक निर्णय भएको उनले बताए ।

दसैंको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारको ध्यानार्षण गराउने निर्णयसमेत भएको उनले बताए। आर्थिक मन्दीका बेला तीन तहकै सरकारलाई मितव्ययिता अपनाउन कांग्रेसले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077