Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समिट एयरले छोडेका डाक्टरहरूलाई लिन पर्यटनमन्त्रीले पठाए नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समिट एयरले मुगुमा छाडेका चिकित्सकहरूलाई लिन जहाज पठाएका छन् ।

टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले मुगुको ताल्चा विमानस्थलमा छाडे छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। पर्यटनमन्त्री किरातीले विमानस्थलमा छुटेका १६ जना चिकित्सकलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाएका हुन् ।

पर्यटनमन्त्री किरातीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको सामाजिक संञ्जालमार्फत बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।

समिट एयरले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएको थियो । त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेवछि चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077