Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्धन डिपोमा विष्फोट हुँदा २० जनाको मृत्यु, झण्डै तीन सय घाइते

एजेन्सी । नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।

घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् ।

अर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन्। उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ताको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077