Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • इन्धन डिपोमा विष्फोट हुँदा २० जनाको मृत्यु, झण्डै तीन सय घाइते

    इन्धन डिपोमा विष्फोट हुँदा २० जनाको मृत्यु, झण्डै तीन सय घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 2.3K
    SHARES

    एजेन्सी । नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

    स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।



    घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् ।

    अर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन्। उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ताको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार