काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ ।
नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एसिया फाइनल्सको तयारीका लागि त्रिदेशीय सिरिज गराउने निर्णय भएको उल्लेख छ ।
अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा सिरिज हुनेछ । यी खेलहरु मुलपानीमा हुने बताइएको छ ।