Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङ र यूएईसँग टि–२० त्रिदेशीय सिरिज आयोजना गर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ ।

नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एसिया फाइनल्सको तयारीका लागि त्रिदेशीय सिरिज गराउने निर्णय भएको उल्लेख छ ।

अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा सिरिज हुनेछ । यी खेलहरु मुलपानीमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077