Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवकाशको मुखमा सहरीका सचिव श्रेष्ठको कमाउधन्दा, मध्यरातमा ४० भन्दा बढीको सरुवा

काठमाडौं । भोलि अवकाश हुन लागेका सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मंगलबार मध्यराति सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका संघीय आयोजना कार्यन्वयन इकाई, डिभिजन गरी ४० भन्दा बढी डीईहरुको सरुवा गरेका छन् ।

सचिव श्रेष्ठ भोलि बिहीबारदेखि अवकाश हुँदैछन् । स्रोतका अनुसार अवकाशको मुखमा उनले सहरी विकास मन्त्री सीता गुरुङका आफन्त(दाजु र श्रीमान)लाई खुसी पारी सरुवा गरेका छन् ।

मन्त्रालयका सचिव रविन्द्रनाग श्रेष्ठ र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले दररेट तोकेर सरुवा गरेका छन् । आयोजना र डिभिजनको बजेट हेरी न्यूनतम ५ लाखदेखि २० लाख रुपैयाँसम्म सचिव श्रेष्ठले असुली गरेको आरोप छ ।

भ्रष्टाचारमा मुछिएका र यसअघि आकर्षक बजेट भएको कार्यालयमा कार्यरतहरुलाई नै पुनः अर्को आकर्षकमा पठाउने क्रममा करोडौं रुपैयाँ अवकाशको मुखमा उठाइएको छ ।

सहरी विकास मन्त्रालयका एक अधिकारीले भने–अवकाशको मुखमा पुगेका सचिवले आर्थिक चलखेलमा गरेको सरुवालाई मन्त्री गुरुङले कसको दबाबमा सहमति दिएकी हुन् ? भवन बिभाग अन्तर्गतका सरुवामा दररेट उठाउनकै सचिव श्रेष्ठ १ दिन पनि बिदा नबसी मन्त्रालयमा रातिसम्म बसेका छन् ।

प्रशासन शाखाका उपसचिव डिल्ली श्रेष्ठ र रमाकान्त अर्याललाई सचिव श्रेष्ठले सरुवामा दररेट अनुसार उठाउने काममा परिचालन गरेका थिए । जबकि १ महिनाअघिदेखि सचिव बिदा बस्ने चलन छ ।

मन्त्री गुरुङले कम्तीमा एक साताका लागि बिदा बस्न आग्रह गर्नुपर्नेमा उनले गरेका मनपरी सरुवामा मौन सहमति दिनुलाई आश्चर्र्यका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077