Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विनोद चौधरीको कम्पनीमा भारतीय आयकर विभागले हान्यो छापा

काठमाडौं । नेपालका एकमात्र खर्बपति विनोद चौधरीको भारतमा रहेका कम्पनीहरुमा आयकर विभागको टोलीको छापा छापा हानेको छ ।

चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको हो।

गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको बताईएको छ । चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही सुरु गरेको हो ।

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्।

जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्। असम बाहेक कोलकाता, सिक्किम, राजस्थान र केही अन्य राज्यहरूमा पनि आयकरका छापाहरू भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077