Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दोलखाबाट चार किलो सुन बरामद, तीनजना पक्राउ

दोलखा । प्रहरीले दोलखाको सिँगटीबाट तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

गएराति राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको बताइएको छ ।

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । पक्राउ परेको परिचय खुलाइएको छैन् । आज बिहान उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077