Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तोलामा १ हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १ हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

    बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

    आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार