Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सरकारलाई मानव अधिकार आयोगले भन्यो – स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउनू

    सरकारलाई मानव अधिकार आयोगले भन्यो – स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउनू

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

    बिरामीहरुले भोग्नु परिरहेका समस्याहरु सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।



    विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड एवं चिकित्सकहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा असर परेको आयोगले जनाएको छ ।



    पछिल्लोपटक पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि दुव्र्यवहार गरी अस्पतालको भौतिक संरचना तोडफोड गरेका थिए ।

    त्यसक्रममा सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुर्व्यवहार भएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

    शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानुनी कारवाहीको माग गर्दै चिकित्सकहरु आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन ।

    यसो हुँदा उपचारका लागि आएका बिरामीहरु सेवा पाउनबाट बञ्चित भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार