Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री डा‍. महत स्वदेश फिर्ता

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महत आज स्वदेश फर्किएका छन् । एसियाली पूर्वाधार लगानी बैंक (एआईआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर डा‍. महत आज स्वदेश फर्किएका हुन् ।

इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो ।

उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरे।

बैठकमा अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077