Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मणिपालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबीच ६ बुँदे सहमति भएको छ । बिहीबार उनीहरुबीच उक्त सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाउँ लमजुङको सुन्दरबजारमा वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य सिविर चलाउने, दुरा जातिको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुवै पक्ष राजी भएका छन् ।

दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरु गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए।

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए । यस्तै बन्द गरिएका अस्पतालका सेवा पनि सुचारु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077