Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

४ किलो सुन तस्करी प्रकरणमा दोलखाबाट पक्राउ परेका पाँचजना सार्वजनिक

दोलखा । चार किलो सुन तस्करीमा संलग्न भएको आरोपमा दोलखामा पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पक्राउ पर्नेमा बिगु गाउँपालिका ३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु-१ का नुर्बु शेर्पा र सुनमला तामाङ रहेका छन् ।

दोलखाका डीएसपी दीपक खड्काका अनुसार सीताको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुरुमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो । उनीहरुको सूचनाको आधारमा चरिकोटस्थित शुभकामना होटलबाट नुर्बु र सुनमलालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ३० हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। नुर्बु, सुनमला तस्करीको सुन किन्न गएको अनुमान प्रहरीले गरेको छ। नेपाली नागरिकलाई प्रयोग गरी चिनियाँले सुन नेपाल पठाएको अनुमान प्रहरीले गरेको छ।

बिहीबार राति दोलखाको बिगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो अवैध सुन बरामद गरेको थियो। बरामद सुन चीनको फलाक नाका हुँदै तस्करहरुले नेपाल भित्र्याएको अनुमान प्रहरीले गरेको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखेर थप अनुसन्धान सरु गरिएको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077