Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले काठमाडौंबाट छुट्ने सबै सार्वजनिक सवारी नयाँ बसपार्कबाट चल्नुपर्ने व्यवस्था गरेको थियो। तर,पूर्वअरनिको यातायात प्रालीले महानगरको सो निर्णय नमान्ने भन्दै नयाँ बसपार्कबाट बस सञ्चालन गर्न तयार भएको थिएन।

पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गा लिएर बसपार्क चलाइरहेको छ। यसलाई नै महानगरपालिकाले बसपार्कको मान्यता दिनुपर्ने माग गर्दै उसले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

रिटमाथि सुनुवाइ गर्दै उच्चले पूर्वअरनिको यातायाताले जडिबुटीमा सञ्चालन गरेको बसपार्क भत्काउनुको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम परमादेश जारी गरेको हो। उच्चले छलफलका लागि दुवै पक्षलाई असोज २१ गतेका लागि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077