Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलो सुन बरामद, प्याड र ब्राभित्र राखेर तस्करी !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित महिला पक्राउ परेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दुई किलो ७०० ग्राम सुनसहित फिलिपिनी महिला पक्राउ परेकी हुन् ।

शुक्रबार साँझ ७ः२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077