Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौलाले भने - सरकारले संसदलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोज्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेको आरोप लगाएका छन् ।

सचेतक बर्तौलाले सरकारले संसद बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहेको दाबी गरेका हुन् । सचेतक बर्तौलाले संसद्लाई मुठभेटतर्फ नलैजान सरकारलाई चेतावनी दिए ।

सचेतक बर्तौलाले भने,'भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै । तर सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेट तर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोका धडी र आपसी अन्तर्विरोध पथमा लैजाने चेष्टा गर्दै छ ।सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो। त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन।’

पूर्वसहमति अनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले आयोग गठन नगरेपछि बर्तौलाले आइतबारको संसद बैठकमा सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब हुने चेतावनी दिए ।

संसद्ले अनुमोदन गरेको सहमति सरकारले कार्यान्वयन गर्न नखोजेको उनको आरोप छ । सरकारले विभिन्न बहानाबाजी गर्दै प्रमुख प्रतिपक्षी दलमाथि भ्रम छर्न ‘दिउँसै रात पोर्न प्रपञ्च’ गरिरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077