Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • एमाले कर्णालीको नेतृत्व छान्न मतदान आइतबार हुने

    एमाले कर्णालीको नेतृत्व छान्न मतदान आइतबार हुने

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

    शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान अब आइतबार बिहान ८ बजे हुनेछ । एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन् ।



    अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका थिए ।



    अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । यता निर्वाचन आयोगले मतपत्र छपाईको काम चलिरहेको र शनिरबार राति सबै मतपत्रहरू छपाई सकिने तयारी रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार