काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुँदैछ ।
ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउन लागेको हो ।
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउन लागेको ट्राफिक प्रहरीले जनाएको छ ।
साताव्यापी कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने छ ।