Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी छानबिन आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलबीच जुट्यो सहमति

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन समिति बनाउनेबारे सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दलबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सुन तस्करीबारे जाँचबुझ गर्ने आयोगको कार्यादेशमा सहमति जुटेको हो ।

समिति तीन सदस्यीय हुने र कार्यअवधि तीन महिनाको हुनेछन् । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने नेताहरुले बताए ।

आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो ।

आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077