Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दोलखाबाट सुन तस्करी गर्ने थप दुई जना पक्राउ

दोलखा । प्रहरीले चिनियाँ नाकाबाट सुन तस्करीमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेका छन् ।

सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट र राजलाई काठमाडौंबाट पक्राउ गरीएको दोलखा प्रहरीले जनाएको छ ।

दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन बुधबार ४ केजी र शुक्रबार ३ केजी बरामद गरेको थियो ।

सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म तस्करले ल्याएको ७ केजी सुन पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077