Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ

    बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 981
    SHARES

    संकेतिक तस्विर

    रुपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जना भारतीय नागरिकलाई १० लाख भारुसहित पक्राउ गरेको हो ।



    शंकास्पद रुपमा नेपाल आउँदै गरेका उनीहरुको जाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख भारु बरामद भएको रुपन्देहीको सशस्त्र प्रहरी बल नम्बर २७ गणले जनाएको छ ।



    एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको गणले जनाएको छ ।

    उनीहरुबाट बरामद गरिएको सबै ५ सय भारु नोट रहेको र ती नोट नेपालमा प्रतिबन्धित रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    बरामद नोट राजश्व अनुसन्धान कार्यालयमा बुझाईने सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार