Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आफ्नै छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    बुटवल । रुपन्देहीमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।



    प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।



    बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा रडले हानेर छोरीको हत्या गरी शवलाई होटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।

    प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार