Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलमा पेस्तोल फेला

काठमाडौं । काठमाडौंको गौशालास्थित एक जनामाथि चक्कु प्रहार भएको छ ।

पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर फरार भएका हुन् ।

घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077