Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले कोशी प्रदेश अधिवेशनको मतगणना सुरू

विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

सोमबार साझ ५ बजेदेखि मतगणना सुरू भएको हो। ७ स्थानबाट मतगणना सुरू भएको छ।

९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो। अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

मतदान आज बिहान ५ बजे सकिएको थियो। अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077