Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् ।

बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका शाह निर्वाचित भएका हुन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत मात्र पाए ।

अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे। यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई ३४२ मत ल्याई विजयी भए । यसैगरी सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी भएका छन् ।

मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077