Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टस हारेर भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटतर्फ क्वार्टरफाइनलमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि भारतीय टिमका कप्तान रितुराज गाइकवाडले ब्याटिङको निर्णय गरेका हुन् ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077