Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको आठौं विकेट गुम्यो, गुल्सन झा आउट

काठमाडौं । एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले आठौं विकेट गुमाएको छ।

आठौं विकेटको रुपमा गुलशन झा ६ रन बनाएर आउट भएका हुन् । सातौं विकेटको रुपमा सोमपाल कामी ७ रन बनाएर आउट भएका थिए । ५ रन खेलेका सोमपालले १ छक्का प्रहार गरे।

यसअघि छैटौं विकेटको रुपमा सन्दीप जोरा २९ रन बनाएर आउट भएका थिए। १२ बल खेलेका जोराले ३ छक्का र १ चौका प्रहार गरेका थिए।

पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077