Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

मंगलबार दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्न लागेका हुन्।

सभामुख सचिवालयका अनुसार आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय मागेका छन्।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले अमेरिका र चीन भ्रमणमा भएका गतिविधिको जानकारी गराएका थिए।

सरकारले संसदमा प्रभावकारी बनाउन बिजनेस दिन सकिरहेको छैन। सांसदहरुले संसदलाई बिजनेस दिन सरकारसँग माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077