Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चाडपर्वमा मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले चाडपर्वको बेला हुन सक्ने कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले खाद्य तथा गैर खाद्य वस्तुहरूको बिक्री वितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरी दोषी पाइए कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानूनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिनपनि आग्रह गरेको छ।

त्यस्तै बैठकले उपभोग्य वस्तुको बिक्री वितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिया र क्रियाशील बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रुपमा संप्रेषित गर्न पनि सरकारकी प्रवक्ता रेखा शर्माले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077