Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्व सभामुख महराको बयान

काठमाडौं । भेपमार्फत् सुन तस्करी भएको प्रकरणमा जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महराको सीआईबी मंगलबार साँझ बयान लिएको हो । स्रोतका अनुसार ४५ मिनेटसम्म महराको बयान लिइएको छ ।

यसअघि सीआईबीले सुन तस्करी प्रकरणमा महरा छोरा राहुल महराको पनि बयान लिएको थियो । उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले बयान लिइएको बताइएको छ ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महराको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीमाथि अनुसन्धान नभएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077