Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्रकको ठक्करबाट धादिङमा दुई जना विद्यार्थीको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

बाटो क्रस गर्ने क्रममा ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका ६ का निर्मल श्रेष्ठ र सन्जिव श्रेष्ठको मृत्यु भएको हो ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ । घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077