Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल भारतसँग ३/१ सेटले पराजित भएको हो । खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ।

पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३/२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८/२६ ले जित्दै खेल बराबरी गरेको थियो ।

तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०/१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०/२० को बराबरी गर्दै सेट २५/२३ ले जित्दै २/१ को अग्रता बनायो ।

चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५/२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो।

भारतसँग पराजित भएपछि नेपालले ९/१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।

हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077