Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सामग्री प्रकाशन नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने गतिविधि नर्गन आग्रह गरेको छ ।

ब्यूरोले बुधबार एक सूचना जारी गर्दै पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि सचेत गराएको हो ।

अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्यूरोले जनाएको छ । कानुनले रोक लगाएका सामग्री प्रकाशन गरेमा कारबाही गरिने प्रहरी उपरीक्षक पशुपतिकुमार रायले निकालेको सूचनामा उल्लेख छ।

ब्यूरोले राष्ट्रिय सुरक्षा, एकतामा आँच पुग्ने तथ्यहीन विषयबस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने उल्लेख गरेको छ । शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077