Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेसपाको निर्णय

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार राति बसेको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ ।

यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पार्टीले निर्णय गरेको छ ।

पार्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।

यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077