Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन ११ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो ।

तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०।५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077