Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वोच्चले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुको कारण

    सर्वोच्चले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुको कारण

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले हत्या अभियुक्त गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को सजाय मिनाहा गर्ने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

    बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो ।



    चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।



    अदालतले यो रिटलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको छ। रिगललाई संविधान दिवसको दिन कैदबाट बाहिरिएका थिए।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।

    ०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार