Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आत्मसमर्पण गरेका रिगलले भने – म माथि राजनीतिक प्रतिशोध साँधियो

    आत्मसमर्पण गरेका रिगलले भने – म माथि राजनीतिक प्रतिशोध साँधियो

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.3K
    SHARES

    नेपालगञ्ज । सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

    बाँकेको नेपालगञ्जमा रिगलले बिहीबार अपराह्न जिल्ला प्रहरी कार्यालय बाँकेसमक्ष आत्मसमर्पण गरेका हुन्। रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।



    आत्मसमर्पण गर्नुपूर्व रिगलले न्यायलयको उच्च सम्मान गर्दै आत्मसमर्पण गरेको बताए। रिगलले आफुले कैदा कटेर आउँदा पनि फेरि आफैमाथि न्यायलय उल्टिनु षडयन्त्रको खेल भएको बताए ।



    सरकारले दिएको माफी विरूद्ध सर्वोच्चको फैसला अनौठो लाग्ने भएपनि लोकतन्त्रवादी चरित्र आफूमा भएको हुँदा त्यसको सम्मान गर्ने उनले बताए । सर्वोच्च अदालतले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको छ।

    रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

    सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार