Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौलाले भने - संसदमा रुलिङ भएको विषयमा सरकारले ध्यान दिएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले संसदमा रुलिङ भएको विषयमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले भने,‘कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन।’

उनले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको बताए । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077