Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • जनयुद्ध दिवसका विषयमा केपी ओलीको अभिव्यक्तिलाई प्रतिवाद गर्छौं : वर्षमान पुन

    जनयुद्ध दिवसका विषयमा केपी ओलीको अभिव्यक्तिलाई प्रतिवाद गर्छौं : वर्षमान पुन

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

    बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन् ।



    उनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएको दाबी गरे ।

    उनले यसको राजनीतिक तवरले प्रतिवाद गर्ने बताए । केपी शर्मा ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारिक धारणा हो जस्तो आफूलाई नलागेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार