Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • नेपालगञ्जमा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

    नेपालगञ्जमा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 705
    SHARES

    नेपालगञ्ज । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो ।

    सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।



    उनका अनुसार उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।



    राति ८ बजेदेखि मिति शनिबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र चार किल्ला तोकि कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार